काठमाडौं प्रहरी परिसरले २१ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको छ ।
ललितपुरको गोदावरी–४ घर भइ हाल ताल्सीखेलमा एमएस वर्कसप सञ्चालन गरी रहेका ३० वर्षीय मनोज केसी, ललितपुर–१४, ताल्सीखेलका २३ वर्षीय आशिष माझी, नेमा तामाङ, धनुषा घर भइ ललितपुरको नख्खिपोट बस्दै आएका २५ वर्षीय धिरजबहादुर श्रीनेत ठकुरी, भोजपुरको खावा–९ घर भइ हाल नख्खीपाट बस्दै आएका २५ वर्षीय निगम राई र सोलुखुम्बु तिम्ला–८ घर भइ काठमाडौंको कपन बस्दै आएका ३१ वर्षीय भेषकुमार थापा मगर पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट ३८ वटा ५ सय रुपैयाँको र दुई वटा हजार रुपैयाँको नक्कली नोट बरामद गरिएको छ ।
काठमाडौंका विभिन्न स्थानमा पसलहरुमा नक्कली नोटको प्रयोग गरी सामान खरिद गर्ने गरेको क्रम बढेको सुराकीका आधार परिसरले अप्रेशन चलाएको थियो । सोही क्रममा उनीहरु पक्राउ परेका हुन् ।

English
MTV NEPAL MTVNEPAL


