संयुक्त राष्ट्र संघ सुरक्षा परिषदमा युद्धविरामको प्रस्ताव पारित भएपछि पनि सिरियाली सरकारले हमला जारी राखेको छ ।
सिरियाली सरकारले विद्रोही नियन्त्रित क्षेत्रमा हवाई आक्रमण जारी राखेको हो ।
सिरियामा पछिल्लो हमलामा क्लोरिन जस्तै रासायनिक हतियारको समेत प्रयोग गरेको बताइएको छ । राजधानी दमास्कस नजिक पूर्वी गुटामा विद्रोही नियन्त्रित क्षेत्रमा सिरियाले बमबारी गरेको हो ।
आक्रमणमा सयौं सर्वसाधारणको मृत्यु भइसकेको छ । सिरियामा करिब ७ वर्षदेखिको संघर्षका क्रममा पूर्ण युद्धविराम भएको छैन ।
सिरियाली सरकारको सहयोगी रुसले पूर्वी गुटामा जैश अल इस्लामले युद्धविरामको उल्लंघन गरेको आरोप लगाएको छ ।

English
MTV NEPAL MTVNEPAL


