चर्चित बलिउड अभिनेत्री श्रीदेवीको निधन

हृदयाघातका कारण बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन भएको छ । उनको गएराति दुबईमा निधन भएको हो ।
१३ अगस्ट १९६३ मा श्रीदेवीको जन्म तमिलनाडुमा भएको थियो । चार वर्षको उमेरबाट नै आफ्नो करियर सुरु गरेकी उनको पहिलो फिल्म ‘कन्धन करुणई’ थियो ।

उनले बाल कलाकारको रुपमा तेलुगु र मलयालम फिल्ममा पनि अभिनय गरिन् ।

दक्षिण भारतीय फिल्ममा काम गरेपछि श्रीदेवीले सन् १९७९ मा मुख्य कलाकारको रुपमा ‘सोलहवा साल’बाट हिन्दी फिल्ममा अभिनय शुरु गरेकी थिइन् ।

८० को दशकतिर हिन्दी फिल्ममा उनले दशक कटाईन । हिम्मतवाला, तोहफा, मिस्टर इन्डिया, नगीना जस्ता सुपरहिट फिल्ममा अभिनय गरिन् । उनलाई ‘लेडी अमिताभ बच्चन’ भन्न थालियो ।

जितेन्द्र र श्रीदेवी मिलेर हिम्मतवाला, तोहफा, जस्टिस चौधरी र मवाली जस्ता सुपरहिट फिल्म दर्शकमाझ ल्याएका थिए ।

सन् १९९७ मा फिल्म ‘जुदाई’ पछि श्रीदेवी १५ वर्षका लागि फिल्मबाट बाहिर रहिन् । तर, सन् २०१२ मा सुपरहिट फिल्म इङ्लिस भिङ्लिस फिल्ममा अभिनय गरिन् ।
सन् २०१७ मा उनको ३ सय औं फिल्म ‘मम’ रिलिज भएको थियो ।
फिल्म इन्डस्ट्री भित्रका र त्यस बाहिरका धेरै व्यक्तिहरुले श्रीदेवीको निधनमा शोक व्यक्त गरेका छन् ।

THIS IS ADD AREA
x

Check Also

नेपाली चलचित्रको बजेट बढाउने कि गुणस्तर ? हिरो हिरोईनले २०/५० लाख पारिश्रमिक लिने बित्तिकै फिल्म चल्ने हो ?

करिब ३ महिना अघि नेपाली चलचित्र “अ‍ैंचोपंैचो” कि निर्देशक कृशा चौलागाईंले हामीसंगको टेलिफोन सम्पर्कमा नेपालमा जति नै राम्रो चलचित्र निर्माण गरेपनि चलाउन मुस्किल भएको गुनासो ...

Social Media Auto Publish Powered By : XYZScripts.com