आज पश्चिम तथा मध्य नेपालका धेरैजसो क्षेत्रमा हावाहुरी र मेघगर्जनसहित पानीपर्ने संभावना रहेको छ ।
पूर्वी नेपालमा भने केही पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना छ ।
मौसमविद विभूति पोखरेलका अनुसार पश्चिमी वायुको प्रभावले देशभरी नै बदली भएको र केही स्थानमा मेघ गर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको हो ।
अहिले पश्चिमतिर प्राय बदलीकै अवस्था छ । यो बिस्तार मध्य हुँदै पूर्वतिर सरिरहेको छ । त्यसैले आज दिनभरी मौसममा बदलीकै अवस्था रहने पोखरेलको भनाइ छ ।

English
MTV NEPAL MTVNEPAL


