आजबाट ‘पञ्चे बाजा’ र ‘साढे ७’ दर्शकले कसलाई रुचाउलान ?

आजबाट नेपालि चलचित्र ‘पञ्चे बाजा’ र ‘साढे ७’ प्रदर्शनमा आएका छन् ।

घनश्याम लामिछानेले निर्देशन गरेको चलचित्र ‘पञ्चे बाजा’ मा सौगात मल्ल, कर्मा, बुद्धि तामाङ, जस्मिन श्रेष्ठ, श्रीजना सुब्बा, प्रकाश घिमिरे, सविन बास्तोलालगायतले अभिनय गरेका छन् । त्यस्तै चलचित्रलाई हरि घले लामाले छायांकन गरेका हुन् भने चलचित्रका निर्माता राजेश शाही हुन् । कविराज गहतराजको कोरियोग्राफी रहेको यस चलचित्रमा कालिप्रसाद बास्कोटा र विकाश चौधरीले संगीत भरेका छन् भने राजकुमार उप्रेतिले द्वन्द निर्देशन गरेका छन् ।

शुक्रबारबाटै प्रदर्शमा आएको अर्को घरेलु चलचित्र ‘साढे ७’ मा सत्यराज आचार्य, मेनुका प्रधान, सुनिल थापा, कामेश्वर चौरसिया, सुप्रिया कट्वाललगायतको अभिनय रहेको छ ।

अनिश तामाङले छायांकन गरेको यो चलचित्र द्वन्दकालमा राजनीतिक रिपोर्टिङका लागि तराई पुगेको एक फोटो पत्रकारको भौतिक र मनोवैज्ञानिक द्वन्दमा आधारित छ । चलचित्रमा फोटो पत्रकारको भूमिकामा सत्यराज आचार्य देखिएका छन् । उनले यो भूमिकाको लागि निकै मिहिनेत गरेका छन् ।

सुनिल थापा, सत्यराज आचार्य, स्वरुपराज आचार्य, नरेशदेव पन्त, डिजे सन्तोसको अभिनय रहेको यस चलचित्रका निर्माता साम्तेन हुन् ।

यी दुई घरेलु चलचित्रसँगै हलिउड चलचित्र ‘पिटर र्याबिट’ पनि प्रदर्शनमा आएको छ ।

THIS IS ADD AREA
x

Check Also

नेपाली चलचित्रको बजेट बढाउने कि गुणस्तर ? हिरो हिरोईनले २०/५० लाख पारिश्रमिक लिने बित्तिकै फिल्म चल्ने हो ?

करिब ३ महिना अघि नेपाली चलचित्र “अ‍ैंचोपंैचो” कि निर्देशक कृशा चौलागाईंले हामीसंगको टेलिफोन सम्पर्कमा नेपालमा जति नै राम्रो चलचित्र निर्माण गरेपनि चलाउन मुस्किल भएको गुनासो ...

Social Media Auto Publish Powered By : XYZScripts.com