नवलपरासीको सुनवलमा भएको सवारी दुर्घटनामा परी ३० जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । काठमाण्डौँबाट बुटवल जाँदै गरेकोलु २ ख १६०५ नं को बस र विपरित दिशाबाट आइरहेको युपी ८३ एटि ३९६६ नं को भारतीय ट्रकमा ठोक्किएर दुर्घटना भएको हो । घाइतेको लुम्बिनी अञ्चल अस्पताल बुटवल र भूमहिको सामुदायिक अस्पतालमा उपचार भइरहेको सुनवल इलाका प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा अझै घाइते हुनसक्ने अनुमान प्रहरीकोे छ।

English
MTV NEPAL MTVNEPAL


