सेभिया र म्यान्चेस्टर युनाईटेडबीचको खेल बराबरी

च्याम्पियन्स लिग फुटबलअन्तर्गत प्रि क्वाटरफानइनलको पहिलो लेगको खेलमा स्पेनिस क्लब सेभियाले इङ्ल्यान्डको म्यान्चेस्टर युनाईटेडलाई बराबरीमा रोकेको छ ।  स्पेनमा गएराति भएको खेलमा सेभियाले म्यान्चेस्टर युनाईटेडलाई गोलरहित बराबरीमा रोकेको हो । खेलमा दुवै टोलीले बनाएका अवसरहरुलाई गोलमा परिणत गर्न नसक्दा बराबरीमा चित्त बुझाउनुपरेको हो । गएरातिका खेलसँगै युरोपियन च्याम्पियन्स लिग फुटबलका प्रि क्वाटरफाइनल पहिलो लेगका खेल सकिएका छन् । अर्को खेलमा युक्रेनको शख्तरले ईटालीको एएस रोमालाई २–१ ले हरायो ।  युक्रेनमा भएको खेलमा घरेलु टोली शख्तरलाई विजयी गराउन फाकुन्डो फरेरा र फ्रेडले एक एक गोल गरे । पाहुना टोली रोमाका लागि सेन्गीज उन्डरले पहिलो गोल गरेका थिए ।

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com