नेपाली क्रिकेट टोली आज स्वदेश फर्कदैछ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू खेल्न नामिबिया गएको नेपाली क्रिकेट टोली शनिबार बेलुकी ७ बजेर ५५ मा त्रिभुवन विमानस्थल ओर्लने छ । विश्व क्रिकेट लिगमा खेलेका मध्ये लिग चरणमा एक खेलमा मात्र हारेको नेपाल फाइनल खेलमा युएइसँग ८ रनले पराजित हुँदै उपविजेता बनेको हो । नेपाल ८ अंक सहित शीर्ष स्थानमा रहँदै विश्वकप छनोट खेलका लागि छानिएको छ ।

English
MTV NEPAL MTVNEPAL


