स्वास्थ्यमा समस्या देखिए पछि काठमाडौंको नर्भिक अस्पताल भर्ना भएका नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री खुमबहादुर खड्काको स्वास्थ्य अवस्था झन गम्भीर बन्दै गएको छ । नर्भिक अस्पतालमा भर्ना गरिए पनि स्वास्थ्यमा सुधार नआएपछि खड्कालाई थप उपचारका लागि दिल्ली लैजाने तयारी गरिएको छ । मिर्गौला र कलेजोसम्बन्धी रोगबाट पीडित खड्कालाई स्वास्थ्यमा समस्या देखिए पछि २ दिन अघि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । तर शुक्रबार रातिदेखि नेता खड्काको मुटुको चाल असामान्य रुपले बढ्दै गएपछि थप उपचारका लागि दिल्लीको अपोलो अस्पताल लैजाने तयारी गरिएको नर्भिक अस्पताल स्रोतले जानकारी दियो । खड्कालाई आइतवार दिल्ली लगिने अस्पताल स्रोतले जनाएको छ ।

English
MTV NEPAL MTVNEPAL


