बस दुर्घटनामा २४ जना घाइते

कैलाली गोदावरी नगरपालिका–१३ अत्तरीया बजार नजिकै आज बस दुर्घटना हुँदा २४ जनाभन्दा बढी घाइते भएका छन् ।

टीकापुरबाट धनगढी आउँदै गरेको कर्णाली यातायातको ना४ख ८६३६ नंको बस दुर्घटना हुँदा घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र अन्यको सामान्य रहेको इलाका प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए  ।

दुर्घटना परी घाइते भएकाको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटनाका कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com