खुमबहादुर खड्का गम्भीर बिरामी, उपचारका लागि दिल्ली लैजाने तयारी

 स्वास्थ्यमा समस्या देखिए पछि काठमाडौंको नर्भिक अस्पताल भर्ना भएका नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री खुमबहादुर खड्काको स्वास्थ्य अवस्था झन गम्भीर बन्दै गएको छ । नर्भिक अस्पतालमा भर्ना गरिए पनि स्वास्थ्यमा सुधार नआएपछि खड्कालाई थप उपचारका लागि दिल्ली लैजाने तयारी गरिएको छ ।  मिर्गौला र कलेजोसम्बन्धी रोगबाट पीडित खड्कालाई स्वास्थ्यमा समस्या देखिए पछि २ दिन अघि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।  तर शुक्रबार रातिदेखि नेता खड्काको मुटुको चाल असामान्य रुपले बढ्दै गएपछि थप उपचारका लागि दिल्लीको अपोलो अस्पताल लैजाने तयारी गरिएको नर्भिक अस्पताल स्रोतले जानकारी दियो ।  खड्कालाई आइतवार दिल्ली लगिने अस्पताल स्रोतले जनाएको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com