कैलालीमा बस दुर्घटना हुँदा दुई दर्जन बढि घाईते

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–१३ मा शनिबार दिउँसो बस दुर्घटना हुँदा दुई दर्जन बढी घाइते भएका छन् ।

टीकापुरबाट धनगढी आउँदै गरेको कर्णाली यातायातको ना४ख ८६३६ नम्बरको बस अत्तरियाबजार नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा परी दुई दर्जन बढी घाइते भएको इलाका प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।
घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको पद्मा अस्पताल अत्तरियामा उपचार भइरहेको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com