प्रदेश–७ को मन्त्रिपरिषद गठन, को–को भए मन्त्री ?

प्रदेश नंं. ७ मा मन्त्रिपरिषद गठन भएको छ । सात मन्त्रालय रहेको मन्त्रिपरिषद गठनसँगै शपथ ग्रहणको कार्यक्रम आज सम्पन्न भएको हो । गठन भएको मन्त्रिपरिषदमा आन्तरिक मामिला तथा कानून मन्त्रीमा प्रकाश शाह, आर्थिक मामिला तथा योजना मन्त्रीमा झपट बोहरा, भौतिक पूर्वाधार विकास मन्त्रीमा पठान सिंह बोहरा, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा विनिता चौधरी, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रीमा माया भट्ट र सामाजिक विकास मन्त्रीमा दीर्घ सोडारी चयन भएका छन् । प्रदेश प्रमुख मोहनराज मल्लले मुख्यमन्त्री त्रिलोचन भट्टलाई शपथ ग्रहण गराएपछि बाँकी मन्त्रीहरुलाई पनि शपथ ग्रहण गराएका थिए । उनीहरु जनताको नाम शपथ खाए । निर्धारित समय तीन बजे तोकिए पनि वामगठबन्धनको प्रमुख घटक नेकपा एमालेले मन्त्रीहरुको नाम टुंगो लगाउन नसक्दा निर्धारित समयभन्दा साढे दुई घण्टा ढिलो साढे ५ तिर शपथ ग्रहण गराइएको थियो ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com