चेल्सी द्धारा हल सिटीलाई ४-० ले पराजित

इंग्लिस एफए कप अन्तर्गत शुक्रबार चेल्सीले तल्लो श्रेणीको क्लब हल सिटीलाई ४-० ले पराजित गरेको छ । खेलको दोस्रो मिनेटमै खाता खोल्दै पहिलो हाफमा चार गोल गरेको चेल्सीले दोस्रो हाफमा कुनै गोल थप्न सकेन । विलियनले सुरुवाती अग्रता दिलाएको २५ मिनेटमा पेड्रोले अग्रता दोब्बर पारे । लगत्तै विलियनले व्यक्तिगत दोस्रो गोल गरे ।

ओलिभिएर जिरुडले ४१ अौं मिनेटमा एमरसनको पासमा चौथो गोल गरेपछि चेल्सीले चार गोलको अग्रता लिएको थियो । सहज खेल भएका कारण प्रशिक्षक एन्टोनियो कोन्टेले ठूला खेलाडीलाई विश्राम दिएका थिए ।

अर्को खेलमा लेस्टर सिटीले सेफिल्ड युनाइटेडलाई १-० ले हरायो । लेस्टरको जितमा जेमी भार्डीले ६६ अौं मिनेटमा गरेको गोल निर्णायक सावित भयो ‌। उनले रियाद माहरेजको पासमा गोल गरेका थिए ।

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com