बालबालिकाहरु साइबरको कुलतमा फस्ने डर

तपाईँका छोराछोरी पढ्न छोडेर कतै एकान्तमा बसेर एकोहोरो मोबाइल, आइप्याड, तथा ट्याब चलाउने त गर्दैनन्? यदि त्यसो गर्छन् भने हाशियार! साइबर कुलतमा फस्लान्। सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालप्रतिको बढ्दो आकर्षण र इन्टरनेट सुविधाको सुलभ तथा सहज पहुँचका कारण नेपाली बालबालिका साइबर कुलतबाट नराम्रोसँग प्रभावित भएको पाइएको छ।

साइबरविज्ञ हिमाल ओझाका अनुसार मोबाइल, आईप्याड र ट्याब लिएर एकान्तमा बस्न मन पराउने केटाकेटीको आनीबानीमा विशेष ध्यान दिनुपर्छ, अभिभावकले। ‘इन्टरनेट सुविधा प्रयोग गर्न जाने राम्रै हुन्छ’, उनले भने, ‘इन्टरनेट सुविधा प्रयोग गर्न नजाने कुलतमा फसिन्छ। इन्टरनेटप्रेमी बालबालिकालाई साइबर अपराधीहरूले प्रलोभनमा पारी आर्थिक आयआर्जनको माध्यम बनाउने, यौनजन्य क्रियाकलापमा संलग्न गराउने र अपहरण गरी जीवन नै संकटमा पार्ने गरेको जानकारी उनले दिए। नेपालमा सामाजिक सञ्जाल र इमो लगायत विभिन्न सञ्जालबाट सम्बन्ध बढाउने, बालबालिका तथा महिलालाई आर्थिक प्रलोभन देखाई फकाउने, भेट्न बोलाउने र बलात्कार तथा अपहरण गर्ने जस्ता समस्या देखिएको उनले बताए।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख नायब महानिरीक्षक पुष्कर कार्कीले आफ्ना छोराछोरीका क्रियाकलापप्रति अभिभावक सचेत हुनुपर्ने बताए। उनले इन्टरनेट र सामाजिक सञ्जाल दुरुपयोग गर्ने कार्यबाट बालबालिकालाई टाढै राख्नुपर्ने बताए

THIS IS ADD AREA
x

Check Also

टेलिकम कम्पनिका अफरः सेवाग्राहीबाट अर्बौ लुट्ने गज्जबको टेक्निक

सुगम होस् या दुर्गम अहिले प्रायः ठाउँका जनताहरु टेलिकमको पहुँचमा लगभग पुगिसकेका छन् । त्यस्तै Keypad होस् या Android या त I Phone सबैको हातमा ...

Social Media Auto Publish Powered By : XYZScripts.com