बुटवल । २० औं संस्करणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता फागुन २४ गतेदेखि चैत ३ गतेसम्म सञ्चालन हुने भएको छ । जिल्ला फुटबल संघ रुपन्देहीको आयोजनामा बुटवल ११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरमा प्रतियोगिता सञ्चालन हुने शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दीर्घबहादुर केसीले जानकारी दिए ।
प्रतियोगितामा नेपालको १३, भारतको दुई र भुटानको एक टिम सहभागी हुनेछन् । प्रतियोगिताको विजेताले ७ लाख ७७ हजार ७ सय ७७ र उपविजेताले नगद ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ पाउने छन् ।
सर्वाेकृष्ट एक जना खेलाडीलाई एक थान मोटरसाइकल र उत्कृष्ट विधाका ५ जना खेलाडीहरुलाई २१ हजार एक सय ११ रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ । करिब ८४ लाख रुपैयाा खर्च अनुमान गरिएको प्रतियोगिताका लागि प्रायोजक खोज्ने काम भइरहेको आयोजक जिल्ला फुटवल संघले जनाएको छ ।
गत वर्ष भएको उन्नाइसौ संस्करणको उपाधि सिएमजी संकटाले जितेको थियो ।

English
MTV NEPAL MTVNEPAL


