प्याजको मूल्य घट्यो

भारतले प्याजको निर्यातदर घटाउन लागू गरेको न्यूनतम निर्यात मूल्य (एमईपी) प्रणाली हटाएको छ। भारतीय किसानले उत्पादन गरेको नयाँ प्याज गत पुस १६ पछि बजारमा आउन थालेपछि यसैसाता एमईपी प्रणाली हटाइएको हो। भारतले एमईपी हटाए लगत्तै नेपाली बजारमा प्याजको भाउ घटेको छ। एक साता अघिसम्म प्रतिकिलो थोक मूल्य सय रुपैयाँ रहेको प्याज हाल ४८ रुपैयाँमा झरेको छ। नेपाली प्याजको बजार भारतीय उत्पादन र नीतिले प्रभाव पार्छ। भारतको विदेश व्यापार महानिर्देशनालयले आन्तरिक बजारमा नयाँ प्याज उत्पादन भित्रिएको र बजार मूल्य पनि कम भएको अवस्थामा एमईपी प्रणाली खारेज गरेको हो। निर्यातकर्तालाई सहज हुने गरी उक्त प्रणाली खारेज गरिएको हो। यो प्रणाली खारेज पश्चात भारतीय निर्यातकर्ता र नेपालका आयातकर्तालाई सुलभ मूल्यमा भारतबाट प्याज आयात गर्न सहज भएको छ। भारतमा प्याजको मूल्य घटेर अहिले २० देखि २८ भारतीय रुपैयाँ कायम भएको छ।

भारतमा उत्पादन भएको प्याज केही महिनाअघि बाढीका कारण खेतमै नष्ट भएको र ठूलो परिमाणको प्याज भण्डारण गृहमा पानीले भिजेर नष्ट भएको थियो। मागअनुसार प्याज नहुँदा भारतमै प्याजको ठूलो अभाव भएपछि सरकारले निर्यातमा अंकुश लगाउन न्यूनतम निर्यात मूल्य तोकेको थियो। भारतमै स्थानीय प्याज अपुग भएको अवस्थामा त्यहाँका थोक व्यापारीले नेपालसहित बंंगलादेश र पाकिस्तानमा गर्दै आएको निर्यातदर घटाउन एमईपी प्रणाली कार्यान्वयनमा ल्याएको हो।

THIS IS ADD AREA
x

Check Also

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता ...

Social Media Auto Publish Powered By : XYZScripts.com