बलात्कारको आरोपमा एक युवा पक्राउ

पर्वतमा महिलालाई जबरजस्ती बलात्कार गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी एक महिलामाथि जबरजस्ती करणी गर्ने फलेवास नगरपालिका वडा नम्बर ६ का ३६ वर्षीइ सुन्दरप्रसाद श्रेष्ठलाई पक्राउ गरिएको छ ।  गत बुधवार साँझ बलात्कार गर्दा स्थानीयले देखेपछि फरार भएका श्रेष्ठलाई प्रहरीले कुश्माबजारबाट पक्राउ गरेको हो ।  प्रहरीले प्रारम्भिक अनुसन्धानगरी जवर्जस्ती करणी उद्योग गरेको अभियोगमा मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले जानकारी दिए । ‘पक्राउपछि मुद्दा दर्ता गरेर थप अनुसन्धान थालेका छौ’ प्रहरी निरीक्षक पौडेलले भने।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com