मुस्ताङमा हिमपात र हावाहुरी चल्दा जनजीवन प्रभावित

हिमाली जिल्ला मुस्ताङमा आइतबारदेखि हिमपात भइरहेको छ ।  जिल्लाको मुक्तिनाथ, उप्पलो मुस्ताङ र कोरलामा यस वर्ष दोस्रो पटक हिउ परेको हो । हालसम्म हिउँपर्ने क्रम जारी रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना लोमानथाङका प्रमुख तुलसी दाहालले जानकारी दिए ।  लामो समयको खडेरीपछि भएको हिमपातले कृषक उत्साहित भएका छन् । हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । उप्पलो मुस्ताङका सर्वसाधारण घर बाहिर निस्कन सकेका छैनन् ।

हिमपातसँगै हुरीबतास पनि चलेको लोमानथाङ प्रहरी चौकीका प्रहरी जवान राजकुमार श्रेष्ठले बताए । एक फिट बाक्लो हिउँ जमेको छ । हिमपातपछि थोरङपास, मुक्तिनाथ, लोमानथाङ, छोसेर, छोनुप, फुवा, नेच्युङ भन्सालगायत ठाउँमा यातयात अवरुद्ध भएको छ । चिसोका कारण नेच्युङ भन्सारमा हाल प्रहरी र कर्मचारी बस्दैनन् ।  हिउँ परेपछि मुस्ताङमा स्याउखेती फष्टाउने, जौ, गहुँ, उवा, फापरलगायत बालीमा सिँचाइ हुने भएकाले कृषक खुशी भएका हुन् । उप्पलो मुस्ताङ र मुक्तिनाथमा पर्यटक हिउँ खेल्न पाउँदा दंग छन् ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com