पार्टी एकतामा अलमल भइरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता जारी छ । बिहान ९ बजेदेखि ललितपुरको मीनभवनमा सुरु भएको भेटघाटमा दुइनेताहरु बीच नेतृत्व बाँडफाटका विषयमा छलफल भइरहेको छ । केही दिनअघि चितवन पुगेका प्रचण्डले राष्ट्रलाई हित हुने भए आफू हिडिरहेको बाटोबाट फड्किन पनि बेर नलगाउने बताएका थिए । साथै पार्टी एकताको लािग आफूले पार्टी अध्यक्ष वा प्रधानमन्त्री पाउनुपर्ने दाबी पनि गरेका थिए । एमाले नेताहरु ले माओवादीलाई महत्वपूर्ण पदहरु नदिने मनसाय बुझेपछि उनले त्यस्तो कुरा गरेका हुन् । जसका कारण एमालेका नेताहरु झस्किएका छन् । आज दुई अध्यक्षबीच निर्णायक छलफल हुने नेताहरूले बताएका छन्।
पार्टी अध्यक्ष वा प्रधानमन्त्री मध्ये एक ओलीलाई र एक आफूलाई हुनुपर्ने माओवादी अडान देखिन्छ। केही दिनअघि नेपाल टेलिभिजनसँगको अन्तर्वार्तामा प्रचण्डले अध्यक्ष वा प्रधानमन्त्री मध्ये एक एमालेले रोज्ने र छोडेको जिम्मेवारी आफूले सम्हाल्नेु आसय व्यक्त गरेका थिए। फागुन दोस्रो साताभित्रै सरकारको नेतृत्व लिने तयारीमा रहेको एमाले त्यसअगावै माओवादीसँग एकताको खाकामा सहमति खोज्ने तयारीमा छ। माओवादीसँग पार्टी अध्यक्षमा कुरा नमिलेका कारण एकता प्रक्रियामा ढिलाइ नभएको एमाले भनाई छ। एमाले सचिव प्रदीप ज्ञवाली भन्छन्( ुदुई अध्यक्षबीच कुराकानी निकै नजिक पुगेको छ। नेताहरूको व्यवस्थापनका कारण ढिलाइ भएको होइन।’दुई अध्यक्षबीचको कुराकानीले ठोस आकार लिएपछि एकता संयोजन समितिको बैठकबाट निर्णय गरिने ज्ञवालीले जनाए।

English
MTV NEPAL MTVNEPAL


