पर्वतमा महिलालाई जबरजस्ती बलात्कार गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी एक महिलामाथि जबरजस्ती करणी गर्ने फलेवास नगरपालिका वडा नम्बर ६ का ३६ वर्षीइ सुन्दरप्रसाद श्रेष्ठलाई पक्राउ गरिएको छ । गत बुधवार साँझ बलात्कार गर्दा स्थानीयले देखेपछि फरार भएका श्रेष्ठलाई प्रहरीले कुश्माबजारबाट पक्राउ गरेको हो । प्रहरीले प्रारम्भिक अनुसन्धानगरी जवर्जस्ती करणी उद्योग गरेको अभियोगमा मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले जानकारी दिए । ‘पक्राउपछि मुद्दा दर्ता गरेर थप अनुसन्धान थालेका छौ’ प्रहरी निरीक्षक पौडेलले भने।

English
MTV NEPAL MTVNEPAL


