नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा सहमति भएको छ । अध्यक्षद्वयबीच आज भएको वान टु वान वार्तामा यस्तो सहमति भएको विशेष सूत्रबाट जानाकारी प्राप्त भएको छ । स्रोतका अनुसार पहिले ओलीले सरकारको नेतृत्व गर्ने त्यसपछि प्रचण्डले सरकारको नेतृत्व गर्ने विषयमा सहमति भएको छ । बिहान ९ बजेबाट ललितपुरको एक घरमा भएको भेटवार्तामा पछिल्लो समय विकसित भएका घटनामा केन्द्रीत भएको जनाइएको छ । साथै वार्ता सकरात्मक भएको पनि बताइएको छ ।
वार्ता राजनीतिक परिस्थिति र पार्टी एकताबारे भएको थियो । आजको वार्ता पार्टी एकता प्रक्रियालाई टुङगोमा पुर्याउने बिषयमा सकारात्मक रहेको बताइएको छ । एमालेका केही नेताहरुले पार्टी एकतापछि बन्ने नयाँ पार्टीको अध्यक्ष र प्रधानमन्त्री केपी ओली नै बन्ने बताउँदै आएका थिए । यही बेला माओवादी अध्यक्ष प्रचण्डको उक्त अभिव्यक्ति आएपछि हलचल मच्चिएको थियो । आलोपालो सरकारको नेतृत्वमा सहमति भएपछि यो वीचमा एकतको लागि प्रयास गर्ने नभए पनि गठबन्धन कायम गर्दै अघि बढ्ने पनि ओली र प्रचण्डवीच सहमति भएको हो ।

English
MTV NEPAL MTVNEPAL


