यू–१९ विश्वकप क्रिकेटको उपाधि भारतलाई

यू–१९ विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ ।

अष्ट्रेलियालाई ८ विकेटले हराउँदै भारतले चौथो पटक उपाधि जितेको हो ।

अष्टे«लियाले दिएको २१७ रनको लक्ष्य भारतले मनजोत कालराको शतकको मदतमा मात्र ३८.५ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।

यसअघि न्यूजिल्याण्डको बे ओभरमा टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाको सुरुआत राम्रो हुन सकेन ।

३२ रन जोड्दा पहिलो विकेट गुमाएको उसले ५९ रन जोड्दा तीन विकेट गुमाइसकेका थियो ।

तर, मध्यक्रमका ब्याट्सम्यान जोनाथन मार्लोले पारी सम्हाल्ने प्रयास गरे । उनले चौथो विकेटका लागि परम उपलसँग ७५ रनको साझेदारी गरे । उपल ३४ रनमा आट भए । अर्को विकेटका लागि नाथन म्याकस्विनीसँग ४९ रनको साभेदारी गरे । म्याकस्विनी पाँचौं विकेटका रुपमा आउट हुँदा टिमको स्कोर १८३ रन थियो ।

तर, थप ३३ रन जोड्दा बाँकी सबै विकेट गुमायो र ४७.२ ओभरमा २१६ रनमा अल आउट भयो ।

भारतका इशान पोरेल, शिवा सिंह, कमदेश नगरकोटी र आनुकूल रायले समान २÷२ विकेट लिएका छन् ।

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com