भृकुटीमण्डपमा जारी ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एशोसिएशन विथ मोटोरोलाको’ को चौथो दिन ६० हजार २६२ जनाले अवलोकन गरेका छन् । इन्फोटेकको आइतबारसम्म २ लाख १९ हजार ५९१ जनाले अवलोकन गरिसकेका छन् ।

विगतका संस्करणहरुमा युवाहरुको प्रभुत्व रहने क्यान इन्फोटेकमा यो वर्ष वयस्कहरुको पनि बाहुल्यता रहेको पाइएको छ । विभिन्न विशिष्ट व्यक्तिहरुले समेत मेलाको अवलोकन गरे ।
आज माननीय आपूर्ती मन्त्री जयन्त चन्द, सूचना प्रविधि विभागका महानिर्देशक लक्ष्मी यादव, नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक मिङमर लामा, प्रहरी वरिष्ठ उपरीक्षक पूर्णचन्द्र जोशी, कलाकारद्वय पल शाह र आँचल शर्मालगायतका विशिष्ट अतिथि इन्फोटेकको अवलोकन गर्न भृकुटिमण्डप पुगेका थिए ।
इन्फोटेकमा सहभागी कम्पनी तथा डिष्ट्रिब्युसनहरुमध्ये केहीले आज पनि नयाँ उत्पादनहरु विशेष स्किमसहित सार्वजनिक गरेका छन् भने कतिपयले आकर्षक अफरहरु सार्वजनिक गरेका छन् ।
विभिन्न कम्पनिहरुले ल्याएको नगद छुट, निःशुल्क जडान, फ्रि सर्भिस, उपहारलगायतका अफरहरुले अवलोकनकर्ताहरुलाई तानेको छ ।
मेलाकै अवसर पारेर हाइ पावरका नेटिस राउटरको खरिदमा आकर्षक छुटका अतिरिक्त बुलगार्ड इन्टरनेट सेक्युरिटी निःशुल्क प्रदान गरिरहेको छ । साथै हाइसेन्सका ६५ इन्चसम्मका टिभीहरुमा २० प्रतिशत छुटसहित नेपाली ग्राहकका प्रदर्शनी गरिएको छ ।

साओमी नेपालले एमआई ब्रान्डका नयाँ स्मार्टफोनका अतिरिक्त इको प्रोडक्टहरुको बजार प्रवर्द्धन क्यान इन्फोटेकमार्फत् गरिरहेको छ ।
मेलामा नागमणी, म्याक्स इन्टरनेश्नल, नारायणी मेगाटेक लगायतका कम्पनीहरुले ल्याएका ल्यापटपलगायतका प्रविधिहरुको व्यावसायिक प्रवर्द्धन गरिरहेको छ ।
प्रदर्शनीमा फोटोकपी, प्रिन्टर, प्रोजेक्टर, स्क्यानर, एटेन्डेन्स मेशिन, राउटर, सिसिटिभी, जेनेरेटर, ब्याट्री, सोलार, युपीएस, ल्यापटपहरु तथा एन्ड्रोइड स्मार्ट टिभीहरु, स्मार्टफोनरट्याब्लेट, एन्टीभाइरस र इन्टरनेट सेक्युरिटी, हेडफोन, पावर बैंक, मेमोरी कार्ड, पेनड्राइभ लगायतका स्टलहरुले आफ्ना प्रडक्टको प्रवर्द्धनमा आकर्षक अफर ल्याएका छन् ।

English
MTV NEPAL MTVNEPAL


