स्वास्थ्य मन्त्रालयले निःशुल्क वितरण गर्ने ७० प्रकारका औषधि नेपाली कम्पनीबाटै खरिद गर्ने

काठमाडौं, माघ ९ । स्वास्थ्य मन्त्रालयले निःशुल्क वितरण गर्दै आएको ७० प्रकारका औषधि नेपाली कम्पनीबाटै खरिद गर्ने विषयमा सुझाव दिन उच्चस्तरीय समिति गठन गरेको छ ।

मन्त्रालयअन्तर्गतको नीति योजना तथा अन्तर्रा्ष्ट्रिय समन्वय महाशाखाका प्रमुख डा. श्रीकृष्ण गिरीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो ।

समितिले ७० प्रकारका औषधि स्वदेशमै उत्पादन गरी स्वदेशी उत्पादकसँग मूल्य सम्झौता गरी खरिद गर्नेलगाएका विषयमा अध्ययन गरी स्वास्थ्य मन्त्रालयलाई प्रतिवेदन बुझाउने छ ।

समितिले तत्कालीन स्वास्थ्य मन्त्री गगन थापाको पालामा भएको ३० प्रकारका औषधि आयातमा कडाई गर्ने विषय कार्यान्वयन गर्ने, औषधि उत्पादनसँग सम्बन्धित सरकारका विभिन्न विभागबाट प्रदान गरिने सेवाहरुको सरलीकरण गर्ने र औषधि उत्पादन क्षेत्र प्रवद्र्धन गर्न आवश्यक सुझाव समेत दिने छ ।

निःशुल्क वितरण गर्ने ७० प्रकारका औषधि खरिदमा सरकारले हरेक वर्ष डेढ अर्ब रुपैयाँ खर्च गर्दै आएको छ ।

नेपालले भारत लगायतका देशबाट औषधि खरिद गर्ने गरेको हो । नेपालमा हाल ५५ वटा औषधि उत्पादन कम्पनी छन् ।

THIS IS ADD AREA
x

Check Also

आन्दोलनरत चिकित्सक र केएमसी अस्पताल प्रशासनबिच वार्ताको तयारी,, केहिबेरका लागि आन्दोलन रोकियो

काठमाडौँ मेडिकल कलेज (केएमसी)मा आन्दोलनरत आवासीय चिकित्सक र अस्पताल प्रशासनबिच वार्ताको तयारी गरिएको छ । “पाठ्यक्रममा नै नभएको स्वास्थ्य शिविर गर्न लगाएपछि आफूमाथि ज्यादती भयो ...

Social Media Auto Publish Powered By : XYZScripts.com