‘रामकहानी’ मा पूजा र आकाशको रोमान्स

हास्य कलाकार केदार घिमिरेले १० लाख र जितु नेपालले ७ लाख पारिश्रमिक लिएपछि एकाएक चर्चामा आएको नायिका पूजा शर्मा र निर्देशक सुदर्शन थापाले बनाउन लागेको नयाँ चलचित्रको नाम ‘रामकहानी’ राखिएको छ । कमेडी र लभस्टोरी कथाको मिश्रणको रुपमा बन्न लागेको चलचित्रको नामसँगै नायक पनि फाइनल भएका छन् । पूजासँग यस अगाडि आर्यन सिग्देल, प्रदिप खड्का, पल शाह लगायतका कलाकारले काम गरिसकेका छन् ।
अब, भने पूजाको चलचित्रमा नायक आकाश श्रेष्ठको इन्ट्री भएको छ । आकाश अहिले चलचित्र ‘ड्रिम गर्ल’मा काम गरिरहेका छन् । सुदर्शनको निर्देशनमा काम गरेका पल र प्रदिप अहिले स्टार भैसकेका छन् । यो चलचित्रको छायांकन फागूण १ गतेबाट सुरु हुँदैछ । चलचित्रमा केदार घिमिरे, विल्सन विक्रम राई, जितु नेपाल, रविन्द्र झा लगायतका कलाकार फाइनल भैसकेका छन् ।

अहिले यो चलचित्रको धमाधम कथामा काम भैरहेको छ । चलचित्रमा सौरभ लामाको छायांकन, अर्जुन पोखरेलको संगीत रहनेछ ।

THIS IS ADD AREA
x

Check Also

नेपाली चलचित्रको बजेट बढाउने कि गुणस्तर ? हिरो हिरोईनले २०/५० लाख पारिश्रमिक लिने बित्तिकै फिल्म चल्ने हो ?

करिब ३ महिना अघि नेपाली चलचित्र “अ‍ैंचोपंैचो” कि निर्देशक कृशा चौलागाईंले हामीसंगको टेलिफोन सम्पर्कमा नेपालमा जति नै राम्रो चलचित्र निर्माण गरेपनि चलाउन मुस्किल भएको गुनासो ...

Social Media Auto Publish Powered By : XYZScripts.com