चितुवाको छालासहित ३ जना पक्राउ

५ माघ, काठमाडौं । दुर्लभ वन्यजन्तु चितुवाको छालासहित काठमाडौंको न्यूरोडस्थित भूगोल पार्कबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
बैतडी घर भएका २५ वर्षीय महेशराज औजी, ३४ वर्षीय जनक महरा र २५ वर्षीय सुरेन्द्र दयाल पक्राउ परेका छन् ।
प्रहरीलाई उनीहरुको गतिविधि शंकास्पद लागेपछि चेकजाँच गर्दा कलेजी रंगको झोलाभित्र बोरामा प्याक गरेको अवस्थामा चितुवाको छाला बरामद भएको थियो । उनीहरुले विक्री गर्ने उद्देश्यले चितुवाको छाला बोकेको खुलेको छ ।

उनीहरुमाथि थप अनुसन्धान र कारबाहीका लागि जिल्ला वन कार्यालय, हात्तिसार पठाइएको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले जनाएको छ ।

THIS IS ADD AREA
x

Check Also

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा,,काठमाडौँ महानगरपालिकाद्धारा विपद व्यवस्थापन ऐन जारी

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा छ । भूकम्पजन्य विपदका दृष्टिले नेपाल विश्वमै ११ औँ स्थानमा छ । १९९० सालपछि २०४५ सालमा नेपालको पूर्वी भाग, ...

Social Media Auto Publish Powered By : XYZScripts.com