क्रिष्टियानो रोनाल्डो विना मैदानमा उत्रेको रियल मड्रिड विजयी

शुक्रबार, ५ माघ, २०७४ मा प्रकाशित,
काठमाडौं, माघ ५ । पछिल्लो समय खराब लयबाट गुज्रिरहेको रियाल मड्रिडले गएराती कोपा डेल रे फुटबल क्वाटरफाईनल पहिलो लेगको खेलमा लेगानेजलाई उसैको मैदानमा हराएको हो । रियलले लेगानेजलाई १–० ले हराएको हो ।
खेलमा रियल मड्रिडलाई विजयी गराउन मार्को एसेन्सियोले खेल सकिन एक मिनेट मात्रै बाँकी छँदा निर्णायक गोल गरे ।

जितपछि रियाल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले यो जित जारी सिजनको लागि टर्निङ प्वाईन्ट हुने बताए ।

रियाल मड्रिड र लेगानेजविचको क्वाटरफाईनल दोस्रो लेगको खेल जनवरी २५ तारिखमा रियाल मड्रिडको मैदानमा हुनेछ ।
क्वाटरफाईनल पहिलो लेगका अन्य खेलमा बार्सिलोना र ईस्पानियोल, सेभिया र एथ्लेटिको मड्रिड तथा भ्यालेन्सिया र आलाभेज भिड्दैछन् ।

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com