सामसुङको नयाँ उत्पादन फोल्डेबल स्मार्टफोन

ग्यालेक्सी स्मार्टफोन निर्माता सामसुङले ‘ग्यालेक्सी एक्स’ नामक नयाँ संस्करणको ग्यालेक्सी एक्स सामसुङको पहिलो फोल्डेबल स्मार्टफोन उत्पादन हुने भएको छ ।

यस डिभाइसको बारेमा कुनै आधिकारिक घोषणा सामसुङले हालसम्म नगरेता पनि सामसुङको नयाँ प्याटेन्टको विश्लेषण गरी उसले ल्याउने तयारी गरिरहेको स्मार्टफोनमा हुने फिचर्सको अनुमान गरिएको हो ।

यसअघि सार्वजनिक भएको सामसुङले दर्ता गरेको स्मार्टफोन प्याटेन्टमा उक्त डिभाइस एक साइडबाट फोल्ड गर्न मिल्ने र ट्याबलेटलाई स्मार्टफोनमा बदल्न सकिने थियो । तर नयाँ प्याटेन्ट अनुसार चाहिँ यो स्मार्टफोन बीचबाटै फोल्ड गर्न मिल्नेछ ।
विश्व बौद्धिक सम्पत्ति संगठनमा सामसुङले यस स्मार्टफोनको प्याटेन्ट दर्ता ग्रेको बताइएको छ ।

सामसुङले दर्ता गरेको प्याटेन्ट नमूनाबाट तयार पारिएको स्मार्टफोनको प्रारुप पनि वेबसाइटले सार्वजनिक गरेको छ ।

जस अनुसार सामसुङले आफ्नो एमोलेड स्क्रिनलाई लचकदार तथा फोल्ड गर्न मिल्ने बनाएको छ । गत वर्षमात्रै सामसुङले बेजललेस स्क्रिनयुक्त ग्यालेक्सी एस एट बजारमा ल्याएको हो ।

THIS IS ADD AREA
x

Check Also

टेलिकम कम्पनिका अफरः सेवाग्राहीबाट अर्बौ लुट्ने गज्जबको टेक्निक

सुगम होस् या दुर्गम अहिले प्रायः ठाउँका जनताहरु टेलिकमको पहुँचमा लगभग पुगिसकेका छन् । त्यस्तै Keypad होस् या Android या त I Phone सबैको हातमा ...

Social Media Auto Publish Powered By : XYZScripts.com