अज्ञात रोगका कारण सोलुखुम्बुको एक विद्यालयमा अध्ययनरत चार सय विद्यार्थी बिरामी

बुधबार, ३ माघ, २०७४ मा प्रकाशित,
माघ ३ । सोलुखुम्बुको विकट क्षेत्रमा पर्ने महाकुलुङ गाउँपालिका–२ मा रहेको पेल्माङ आधारभतू विद्यालयमा अध्ययनरत सबै विद्यार्थीमा अज्ञात रोगका कारण करिब चार सय विद्यार्थी बिरामी भएका छन् ।
विद्यार्थीहरुमा एक्कासी ज्वरो आउने, टाउको दुख्ने, बान्ता हने, आँखा रातो हुने, आँसु आइरहने, खोकी लाग्ने जस्ता समस्या देखिएपछि चिकित्सकले विद्यार्थीमा स्वाइन फ्लूको आशङ्का गरेको विद्यालय स्रोतले जनाएको छ ।
छ दिनअघिबाट केही विद्यार्थीमा देखिएको रोग सबैमा फैलिएपछि त्रास बढेको छ । बिरामीको संख्या थपिदै गएपछि अभिभावकहरु भने चिन्तामा छन् ।
जटिल समस्या देखिएपछि मङ्गलबार विद्यालय व्यवस्थापन समितिको वैठकले माघ ६ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको स्रोतले जनाएको छ । विद्यालयमा ४१८ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।

THIS IS ADD AREA
x

Check Also

आन्दोलनरत चिकित्सक र केएमसी अस्पताल प्रशासनबिच वार्ताको तयारी,, केहिबेरका लागि आन्दोलन रोकियो

काठमाडौँ मेडिकल कलेज (केएमसी)मा आन्दोलनरत आवासीय चिकित्सक र अस्पताल प्रशासनबिच वार्ताको तयारी गरिएको छ । “पाठ्यक्रममा नै नभएको स्वास्थ्य शिविर गर्न लगाएपछि आफूमाथि ज्यादती भयो ...

Social Media Auto Publish Powered By : XYZScripts.com