पछिल्लो समय चलचित्र ‘कृ’मा समावेश गरिएको ‘यति यति पानी गंगा रानी’ बोलको गीतले सर्वाधिक चर्चा पाइरहेको छ । यो गीतको मात्र होइन, नायक अनमोल केसीको नृत्यको पनि खुबै चर्चा भैरहेको छ । यसअगाडिका चलचित्रमा आफ्नो नृत्य देखाउन नसकेका अनमोलले यसपटक भने नृत्यबाट नै बढि चर्चा बटुल्दै छन् ।
अनमोलकै स्टारडमका कारण सार्वजनिक भएको एक साता भन्दा बढी समय युटुबको १ नम्बर ट्रेन्डिङमा समेत यो गीत रहन सफल भयो । यो गीतमा अनमोल र केहि कोरसहरु मात्र देखिएका छन् । अनमोल केसीले डान्समा सुधार ल्याउनका लागि निकै मिहिनेत गरेका छन् । डान्सका लागि ६ महिनाको ट्रेनिङ लिएको अनमोलको भनाई छ ।
अनमोल गीतले राम्रो दर्शक पाउनुमा आफ्नो स्टारडम भन्दा पनि एकप्रकारको प्रस्तुति भन्छन् । निर्माण टिमले आफूलाई नयाँ शैलीमा ढाल्ने हो भने आफूले सधै नै मिहिनेत गर्ने अनमोलको भनाई छ । माघ २६ गतेबाट रिलिज हुन लागेको अनमोल अभिनित चलचित्र ‘कृ’ सर्वा्धिक प्रतिक्षामा छ ।

English
MTV NEPAL MTVNEPAL


