डा. केसिले भर्खरै मात्र आफ्नो १४ औं अनशन तोडेको घोषणा गरेका छन । केही वर्षयता त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीको अनशन चर्चामा छ । उनी १४ पटक अनशन बसिसकेका छन् । शुक्रबार मात्रै सरकारसँग सहमति गरेर १४औँ अनशन तोडेका उनले माग पूरा नभए पुनः सुरु गर्ने घोषणा गरिसकेका छन् । सुरुमा माथेमा आयोगको प्रतिबेदन कार्यान्वयनको माग सहिस सुरु अनशन आज सर्बोच्च अदालततर्फ सोझिएको छ। आम नेपालीहरु उनिको अनशनमा दुई तर्फ बिभक्त भएर बहस गर्न थालेका छन।

नेपालमा अर्को चर्चित अनशन हो, गोरखाका द्वन्द्वपीडित अधिकारी दम्पती नन्द्रप्रसाद र गंगामायाको । अनशन सुरु गरेको तीन सय २९ दिन (६ असोज ०७१)मा नन्द्रप्रसादको मृत्यु भइसकेको छ । तर, गंगामाया अहिलेसम्म अनशनरत छिन् । श्रीमानको मृत्युपछि सरकार र मानावअधिकारवादीको आग्रहमा २ कात्तिक ०७१ मा तीन सय ५८ दिन लामो अनशन तोडेकी उनले आफ्ना माग पूरा नभएपछि पुनः सुरु गरिन् । वीर अस्पतालमै सुरु गरेको अनशन अहिलेसम्म उनले जारी राखेकी छिन् । तर, नेपाल बाहिर पुग्दा विश्वमा कैयौँ ठुल्ठूला आमरण अनशन भएका छन् । ति मध्य केही यहाँं प्रस्तुत गर्न खोजिएको छ ।
सबैभन्दा लामो अनशन
सन २००० मा भारतको मनिपुरमा भएको दंगाको क्रममा सेनाको गोली लागि १० जना सर्बसाधारण मानिसको हत्या भएको बिषयमा सेनालाई मुद्दा दाएर गर्न पाउँ भन्दै इरोम चाणु शर्मिला नामकी ती महिलाले नरसंहारको विरोध गर्दै सेनाविरुद्ध मुद्दा हाल्ने तयारी गरिन् । तर, सम्भव भएन । त्यसको बिरोधमा उनी आमरण अनशनको बाटो रोजिन् । निर्दोष सर्वसाधारणको हत्या गर्ने सैनिकविरुद्ध पनि मुद्दा हाल्न पाउनुपर्ने माग राख्दै ५ नोभेम्बर २००० मा शर्मिलाले अनशन सुरु गरिन् । २८ वर्षको छँदा अनशन सुरु गरेकी उनले सोचेकीसम्म थिइनन् होला कि आफ्नै अनशन संसारकै सबैभन्दा लामो हुनेछ भनेर ।
१६ वर्षसम्म अनशन बस्दा पनि माग पूरा नभएपछि उनले आन्दोलनको स्वरूप फेरिन् । २६ जुलाई २०१६ मा मह खाएर अनशन तोडिन्, राजनीतिमा होमिने निधो गरिन् । र, २०१७ मा मनिपुरको मुख्यमन्त्रीमा प्रतिस्पर्धा गरिन् । तर, ‘आइरन लेडी’का रूपमा अन्तर्राष्ट्रिय ख्याति पाएकी उनी केवल ९० भोट मात्रै ल्याउन सकिन र लज्जास्पद हार बेहोर्न पुगिन ।
ठूलो सामूहिक अनशन
अहिले सम्मको सबैभन्दा ठुलो सामुहिक अनशन अमेरिकामा भएको छ । एकान्त कारावासको विरोध गर्दै ८ जुलाई २०१३ मा क्यालिफोर्नियाको पेलिकन बे स्टेट प्रिजनका २९ हजार कैदीले सामूहिक आमरण अनशन सुरु गरेका थिए । उनिहरुले सफा कारागार, राम्रो खाना र पुस्तकालयको राम्रो व्यवस्था गरिनुपर्ने थप माग राखेर गरेको अनशन नै सबैभन्दा लामो समय र सबैभन्दा धेरैजना सहभागी भएको सामूहिक अनशन थियो ।

English
MTV NEPAL MTVNEPAL


