भारतका थुप्रै राज्यहरुमा प्रतिवन्ध लगाउनुपर्ने मागका कारण रिलिज अगावै फिल्म फिल्म ‘पद्मावत’ लाई करोडौं घाटा हुन सक्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
आगामी २६ जनवरीमा फिल्म रिलिज गर्ने भनिएको छ । त्यसभन्दा अगाडि केही राज्यहरुमा फिल्मको प्रदर्शनमा रोक लगाइएको समाचारहरु आइरहेका छन् मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले पहिले गरिएको घोषणा अनुसार नै पद्मावतमाथि रोक लगाउने निर्णय गरेका छन् ।
दुई सय ५० करोड भारुको महंगो बजेटमा बनेको फिल्म यदि यी सबै राज्यहरुमा प्रतिवन्धित भयो भने फिल्मलाई करोडौंको नोक्सानी हुने पक्का छ ।
छायांकनदेखि नै विवादित बनेको फिल्मले अहिले निर्देशक संजय लिला भन्सालीलाई डिप्रेसनमा पुर्याएको भारतिय मिडियाहरुले जनाएका छन् ।

English
MTV NEPAL MTVNEPAL


