आफ्नो स्वास्थ उपचारको क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहाल उपचारका लागि दिल्ली गएकी छिन् । फलोअप उपचारका लागि उनी आज दिल्ली गएकी हुन् । केही महिनाअगाडि मात्रै सीताको बैंककमा उपचार गरिएको थियो । उनी नियमित चेकजाँचको लागि त्यहाँ गएको दाहाल निकट स्रोतले बाताएको छ । उनको साथमा भरतपुरकी मेयर समेत रहेकी छोरी रेणु दाहाल र गंगा दाहाल समेत रहेका छन्।
दिल्लीस्थित मेदान्त अस्पतालमा उनको उपचार हुनेछ । उनी केही समय देखी बिरामी रहेकी छिन । अध्यक्ष दाहालका प्रेस संयोजक मनहरी तिमल्सीनाका अनुसार सीतालाई सुगर, प्रेसर र थाइराइडको समस्या छ। छोरा प्रकाश दाहालको निधनपछि निराशाका कारण उनको स्वास्थ्य समस्या बढेको हो। सीतालाई निन्द्रा नलाग्ने समस्या देखिए पछि उनकै आग्रहमा अध्यक्ष दाहालले लाजिम्पाट निवास छाडेका थिए। हाल दाहाल सीतासँगै खुमलटार बस्दै आएका छन्।

English
MTV NEPAL MTVNEPAL


