ट्रम्पको आक्रोशः ‘कामै नलाग्ने मुलुकका आप्रवासीलाई किन स्याहार्ने ?’

शुक्रबार, २८ पुष, २०७४ मा प्रकाशित,

काठमाडौं, पुस २८ । आप्रवासीविरुद्ध कडा नीतिका पक्षमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि उनीहरुविरुद्ध बोलेका छन्  ।

विहीवार मात्र पनि सांसदहरुसँगको छलफलमा राष्ट्रपति ट्रम्पले ‘किन हामीले कामै नलाग्ने मुलुकबाट आएकाहरुलाई स्याहारिरहेका छौं’ भन्दै आप्रवासीहरुविरुद्ध आक्रोश पोखेका छन् ।

हेइटी, एलसाल्भाडोरसहितका अफ्रिकन मुलुकको नाम लिँदै ट्रम्पले यस्तो आक्रोश पोखेको वासिंगटन पोष्टले दावी गरेको छ ।

राष्ट्रपतिको यस्तो अभिव्यक्तिबारे जिज्ञासा राख्दा ह्वाइटहाउसले पनि अस्वीकार नगर्दै केही अमेरिकी राजनीतिज्ञ विदेशी मुलुकका लागि लड्छन् भने ट्रम्प अमेरिकी जनताको हितका लागि संघर्षरत छन् भन्ने प्रतिक्रिया दिएको छ ।

राष्ट्रपति ट्रम्प सँधै अमेरिकालाई बलियो, समृद्ध र अगाडी बढाउन सक्ने गुणस्तरीय आप्रवासीका पक्षमा रहेको र यसको स्थायी समाधानको खोजीमा जुटिरहेको पनि ह्वाइटहाउसले जनाएको छ ।

कानूनी मार्गबाट अमेरिकामा सुरक्षित भविष्य खोज्ने आप्रवासीका कारण अमेरिकी नागरिकको जीवन कठीन र संघर्षमय बन्ने गरेको पनि दावी गरिएको छ ।

सांसदहरुसँगको छलफलमा ट्रम्पले आप्रवासीप्रति कडा नियम लागू गर्नुपर्ने पक्षमा लगातार लबिङ गरिरहेका छन् ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com