पूर्व फुटवल खेलाडी जर्ज उएच लिबेरियाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । उपराष्ट्रपति जोसेफ बोकाइलाई फराकिलो मतान्तरले पराजित गर्दै उनी राष्ट्रपतिमा निर्र्वाचित भएका हुन् । ९८ प्रतिशत मत खसेको उक्त चुनावमा जर्जले ६१ दशमलब ५ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले जनाउ दिएको छ । विजय पछि उनका समर्थक हरु विजय जुलुस मनाइरहेका छन् । उनी एक समयमा अफ्रिकाका सबैभन्दा चर्चित फुटबल खेलाडी समेत हुन् । जर्जले सन् १९९० मा पेरिस सेन्ट जर्मेन र एसी मिलेबाट फुटवल खेलेका थिए । उनी चेल्सी र मेन्चेष्टर सिटिमा आवद्व भएर पनि फुटवल खेले ।

English
MTV NEPAL MTVNEPAL


