गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा स्थानीयले गरे अबरोध

४ पुस । भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान स्थलको मुआब्जा बितरणमा लापरवाही गरेको भन्दै स्थानीयले विरोध गरेका छन् । क्रम संख्याको आधारमा मुआब्जा नदिई पैसा र पहुँचको भरमा मुआब्जा बितरण गरेको भन्दै स्थानीयले आयोजनाको निर्माणको काम अवरुद्ध गरेका हुन् । स्थानीयले बिमानस्थलको एक नम्बर गेटमा ताला लगाइदिएका छन् ।  अवरोधपछि बिमानस्थलको रनवे निर्माणको काम रोकिएको छ । मुआब्जा बितरणमा सुधार नहुँदासम्म काममा अवरोध गर्ने सिद्धार्थनगर नगरपालिका १० का स्थानीय सुर्जेमन यादवले बताए ।  चार, पाँच प्रतिशत कमिसनमा मुआब्जाको काम चाँडै गरिदिने भन्दै प्रत्येक दिन बिचौलीयाहरु आउने गरेको स्थानीयले बताए ।

‘सबै कार्यालयसँग मेरो सेटिङ्ग छ, पाँच प्रतिशत कमिशन दिए तपाईको काम दुई दिनमै गरिदिन्छु भन्दै दलालहरु आउने गरेका छन्’ रबिकान्त उपाध्यायले भने । दुई वर्ष देखि घरजग्गा रोक्का हुँदा आफ्नो जिविको चलाउन समेत अप्ठ्यारो परेको स्थानीयको गुनासो छ । \ बिमानस्थल आयोजनाले भने  नापी र मालपोत कार्यालयमा जनशक्तिको अभावले काममा ढिलाई भएको जनाएको छ । जनप्रतिनिधि तथा कार्यालयको सिफारिसमा बिशेष परिस्थितिमा पछि नम्बर परेकाको अगाडि मुआब्जा दिने गरेको आयोजना प्रमुख ओम शर्माले बताए  ।  अहिलेसम्म चार सय जनाले साढे तीन अर्ब बराबरको मुआब्जा पाएका छन् । अधिग्रहण गरेको पाँच सय बिगाहा जमिन मध्ये अब चार सय ३० बिगाहाको मुआब्जा दिन बाँकी छ ।

दुई हजार घर परिवार रहेको अधिग्रहण क्षेत्रमा मुआब्जा बितरणमा २३ अर्ब बढी लाग्ने निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल आयोजनाले जनाएको छ ।

THIS IS ADD AREA
x

Check Also

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा,,काठमाडौँ महानगरपालिकाद्धारा विपद व्यवस्थापन ऐन जारी

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा छ । भूकम्पजन्य विपदका दृष्टिले नेपाल विश्वमै ११ औँ स्थानमा छ । १९९० सालपछि २०४५ सालमा नेपालको पूर्वी भाग, ...

Social Media Auto Publish Powered By : XYZScripts.com