४ पुस । प्रदीपको भट्टराईको निर्देशन रहेको चलचित्रको गीत छायांकन गरिएको छ । जसमा हरिबंश आचार्य र दीपाश्री निरौला कलाकारका रुपमा देखिएका छन् । ‘रूपै मोहनी नारन रूपै मोहनी ’ बोलको गीतका लागि हरिवंश आचार्य र दीपाश्री निरौलाले स्क्रिन सेयर गरेका हुन् । चाबहिलस्थित समता अस्पतालमा प्रायस् फिल्मका मुख्य कलाकार सबैलाई गीतमा अटाइएको छ कोरियोग्राफर कविराज गहतराजले । टंक बुढाथोकीको संगीत रहेको उक्त गीतमा हरिवंश र दीपाश्रीसहित दीपकराज गिरी र प्रियंका कार्की, पल शाह र आँचल शर्माको जोडीलाई नचाइएको हो ।
चैत ९ देखि प्रदर्शन थालिने बताइएको उक्त फिल्मको पटकथा पनि निर्देशक स्वयंको हो । वीरगन्ज र काठमाडौंमा गरी ५० दिन लगाएर खिचिएको फिल्मको अब एक गीतबाहेक सबै छायांकन सकिएको निर्देशक भट्टराईले बताए । दीर्घ गुरुङले खिचेको फिल्मलाई महसञ्चारले बनाएको हो । ‘जे भो राम्रै भो’ पछि झन्डै १२ वर्षपछि महसञ्चार फिल्म निर्माणमा फर्किएको हो । फिल्ममा मदनकृष्ण श्रेष्ठ, शिवहरि पौडेल, मोहित आचार्यलगायतको पनि अभिनय छ ।

English
MTV NEPAL MTVNEPAL


