इटलिमा विहे गरेका अनुष्का–विराटले दिल्लीमा पार्टी दिने

३ पुुस । भारतीय अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीको विवाह ११ डिसेम्बरमा इटलिमा सम्पन्न भएको छ । त्यसपछि उनीहरु कहिले हनिमुन त कहिले रिसेप्शनको समाचारका कारण चर्चामा रहे । दुवैको विवाहको पार्टी २१ डिसेम्बरमा दिल्लीमा हुनेछ । दिल्लीमा विराटका परिवार रहन्छन् यसका कारण त्यहाँका नातागोता र मित्रहरुलाई रिसेप्सन दिने कार्यक्रम रहेको समाचार भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

२६ डिसेम्बरमा अनुष्का बलिउड फिल्म उद्योगका लागि पार्टी दिने तयारीमा छिन् । यो रिसेप्शन सेन्ट रिजस होटलमा हुने छ । यो होटल मुम्बइको लोअर परेल क्षेत्रमा छ । जहाँबाट नजिक अनुष्का र विराटको नयाँ घर रहेको छ । उत्त घरमा उनीहरु निकट भविष्यमै सिफ्ट हुने छन् ।

THIS IS ADD AREA
x

Check Also

नेपाली चलचित्रको बजेट बढाउने कि गुणस्तर ? हिरो हिरोईनले २०/५० लाख पारिश्रमिक लिने बित्तिकै फिल्म चल्ने हो ?

करिब ३ महिना अघि नेपाली चलचित्र “अ‍ैंचोपंैचो” कि निर्देशक कृशा चौलागाईंले हामीसंगको टेलिफोन सम्पर्कमा नेपालमा जति नै राम्रो चलचित्र निर्माण गरेपनि चलाउन मुस्किल भएको गुनासो ...

Social Media Auto Publish Powered By : XYZScripts.com