भाउजुसँग जबर्जस्ती बिहे गराइदिएपछि १५ वर्षीय किशोरद्वारा आत्महत्या

२८ मंसिर । भारतको बिहार राज्यको गयामा १५ वर्षीय किशोरले परिवारद्वारा भाउजुसँग जबर्जस्ती बिहे गराइदिएपछि आत्महत्या गरेका छन् । भारतीय संचारमाध्यमका अनुसार विनोवा गाउँका महादेव दास स्थानीय सरकारी विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए । परिवारका सदस्यले उनको बिहे २५ वर्षीय भाउजुसँग गराइदिएपछि बिहेकै रात उनले आत्महत्या गरेका हुन् ।

मृतकका पिता चन्द्रेश्वर दासका अनुसार जेठो छोरा सन्तोषको मृत्युपछि विधवा बुहारी रुवीदेवीको विवाह महादेवसँग गराइएको हो । सन्तोषको मृत्युपछि राहतस्वरुप पाएको ८० हजार रुपैयाँ बुहारी रुवीको माइतीपक्षले माग्दै आएका थिए । माइती पक्षले या त राहत रकम दिनुपर्ने या अर्को छोरासँग रुवीको बिहे गराइदिनुपर्ने भन्दै लगातार दबाब दिएपछि देवर–भाउजुको बिहे गराइदिने निधो गरिएको चन्द्रेश्वरले बताए ।‘छोरा महादेवले भाउजुसँग बिहे गर्न मानेको थिएन,’ पिता चन्द्रेश्वरले भने, ‘तर परिवारले दबाब दिएपछि उसले बिहे गरेको थियो, बिहेकै रात आत्महत्या गरेछ ।’प्रहरीले कानुनतः उमेर नपुगि विवाह गराइएको सम्बन्धमा कानुनी कारवाहीका लागि प्रक्रिया अघि बढाएको बताइएको छ ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com