मिस्टर भर्जिन चलचित्र बन्दै, यौन कथाको उठान हुने

२८ मंसिर ।चलचित्र मिस्टर भर्जिन निर्माण हुने भएको छ । गौरब पहरी र मरिस्का पोखरेलको मुख्य उपस्थितिमा निर्माण हुने चलचित्रको बुधवार निर्माणको औपचारिक घोषणा गरिएको हो । उक्त फिल्मलाई विशारद बस्नेतले निर्देशन गर्दै छन् । खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी, विशारद बस्नेतको लगानी रहेको यस फिल्ममा सन्दीप उप्रेती र मनीष खत्री सहनिर्माता रहेका छन्। रामेश्वर कार्कीले खिच्ने फिल्मलाई मिलन काप्रीले सम्पादन गर्दै छन्। फिल्ममा गौरव र मरिष्काका अलावा भोलाराज सापकोटा, कमलमणि नेपाल, विजय बराल, रवीन्द्र झा, सृजना सुब्बालगायतको मुख्य भूमिका रहनेछ। फिल्म ुमिस्टर भर्जिनु केही भर्जिन पात्रहरूको यौन मनोविज्ञानमा आधारित रहेर निर्माण हुन लागेको फिल्म हो। फिल्ममा भर्जिन पात्रहरूको जीवनमा घटेका रोचक कुराहरूलाई हास्य, व्यंग्य र मनोरञ्जनात्मक रूपमा प्रस्तुत गरिने निर्देशक बस्नेतले बताएका छन्।

THIS IS ADD AREA
x

Check Also

नेपाली चलचित्रको बजेट बढाउने कि गुणस्तर ? हिरो हिरोईनले २०/५० लाख पारिश्रमिक लिने बित्तिकै फिल्म चल्ने हो ?

करिब ३ महिना अघि नेपाली चलचित्र “अ‍ैंचोपंैचो” कि निर्देशक कृशा चौलागाईंले हामीसंगको टेलिफोन सम्पर्कमा नेपालमा जति नै राम्रो चलचित्र निर्माण गरेपनि चलाउन मुस्किल भएको गुनासो ...

Social Media Auto Publish Powered By : XYZScripts.com