२५ मंसिर । चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेल नियुक्त भएकी छिन् । सोमवार बसेको मन्त्रिपरिषद बैठकले निकितालाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । ५ महिनाअघि राजकुमार राईको २ बर्षे कार्यकाल सकिएपछि चलचित्र विकास बोर्डमा अध्यक्ष पद रिक्त रहेको थियो । भदौमा सरकारले चलचित्र विकास बोर्डको अध्यक्षको पदपुर्तिका लागि आवेदन मागेको थियो । बोर्ड अध्यक्षका लागि निकितासँगै आलोक कुमार तिवारी, उज्वल प्रसाद घिमिरे, विशाल श्रेष्ठ, मनिष पण्डित, सुचित्रा श्रेष्ठ, गोपाल रिजाल (आयुष), चोपेन्द्र सागर पराजुली (सागर उद्गम), टिकाराम घिमिरे (योगेश), सुदिप कुमार रेग्मी नरेश कुमार के.सी, र सुष्मा थापा (कार्की) ले पनि आवेदन दिएका थिए

English
MTV NEPAL MTVNEPAL


