अरब र मुसलमान बहुल देशहरुमा अमेरिकाविरुद्ध प्रदर्शन जारी

२५ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिनेगरी राखेको अभिव्यक्तिका विरुद्धमा विभिन्न देशमा अमेरिकाविरुद्ध प्रदर्शन जारी रहेका बताइएको छ । यसअघि गत हप्तादेखि भएको सो घोषणाको विषयलाई लिएर विभिन्न देशहरुले आन्दोलन सुरु गरेका थिए । सो आन्दोलन र विरोध प्रदर्शनको क्रम आइतबार पनि जारी रहेको बताइएको छ । प्यालेस्टिनीहरूले स्वतन्त्र राज्य मागगर्दै लामो समयदेखि संघर्षरत इस्लामिक हमाससमूहद्वारा उक्त निर्णयका विरुद्धमा आन्दोलन गर्न आह्वान पनि भएको थियो ।

राष्ट्रपति ट्रम्पको निर्णयको विरोध चर्कंदै गर्दा लेबनानको राजधानी बेरुतस्थित अमेरिकी राजदूतावास अगाडि पनि विरोध जुलुश निकालिएको थियो । सो विरोध जुलुशका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको र त्यसमा परी अरु केही प्रदर्शनकारी र प्रहरी समेत घाइते भएका छन् । आइतबार विरोध जुलुश ल्याएर अमेरिकी दूतावासतर्फ अघि बढिरहेका प्रदर्शनकारीलाई प्रहरीले रोेकेको थियो । त्यस क्रममा उसले अश्रु ग्यास र पानीको फोहरा पनि हानेको थियो । उता हालैका दिनहरुमा अमेरिकासँग राम्रो सम्बन्ध कायम रहेका संयुक्त अरब इमिरेट्स र साउदी अरेबियासमेत सम्मिलित अरब लिगले पनि राष्ट्रपति ट्रम्पको यस निर्णयको आलोचना गरेका छन् ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com