यूएईविरुद्धको दोस्रो म्याचमा पनि नेपाल पराजित , नेपालको ब्याटिङमा खराब प्रदर्शन

२२ मंसिर । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत यूएईविरुद्धको दोस्रो म्याचमा पनि नेपाल पराजित भएको छ । ब्याट्सम्यानहरु नचल्दा यूएईले दिएको १९६ रनको मध्यम स्कोर पछ्याउन नेपाल असफल भयो र ६३ रनको हार व्यहोर्‍यो । यूएईले अद्नान मुफ्तीको आक्रामक शतकको मद्दतमा १ सय ९५ रन जोडेको थियो । नेपालका फास्ट बलर सोमपाल कामीले यूएईको पाँच विकेट लिन सफल भए पनि त्यो नेपाललाई जिताउन पर्याप्त भएन । टस हारेर पहिले ब्याटिङ गरेको यूएई सुरुमा निकै दवावमा आएको थियो । सोमपालले यूएईका प्रारम्भिक चार ब्याट्सम्यानलाई छिट्टै पेभिलियन फर्काएका थिए । एक समय १८.३ ओभरमा पाँच विकेट गुमाएर ३९ रनको स्थितिमा रहेको यूएईलाई सातौं नम्बरका ब्याट्सम्यान अद्नान मुफ्तीले उद्दार गरे ।

उनले नेपालका स्पिनरहरुमाथि हावी हुँदै ८९ बलमा ८ चौका र ३ छक्कासहित १०४ रन बनाए । ८७ बलमा उनले शतक पुरा गरेका थिए । उनलाई सोमपाल कामीले ४७ औं ओभरमा बोल्ड गरे ।

पाँच विकेट लिएका सोमपालले १० ओभर बलिङ गर्दा २७ रन मात्र खर्चिए । नेपालका कप्तान पारस खड्का, सन्दिप लामिछाने, ललित भण्डारी र सागर पुनले १-१ विकेट लिएका थिए ।

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com