नेपाल र युएई बीचको क्रिकेट खेल जारी, टस जितेर नेपालले फिल्डिङ गर्दै

नेपालले शुक्रबार युएईसँगको विश्व विश्व क्रिकेट लिग च्याम्पियनसिपको सातौं तथा अन्तिम चरणको दोस्रो खेलमा टस जितेर फिल्डिङ रोजेको छ । नेपाल बुधबार पहिलो खेलमा युएईसँग ७ विकेटले पराजित भएको थियो । पहिलो खेल खेलेको टोलीबाट नेपाली टोलीमा सागर पुनलाई प्लेयिङ ११ मा राखिएको छ । उनलाई भेट्रान स्पिनर शक्ति गौचनको स्थानमा ल्याइएको छ । राम्रो फर्ममा रहेका दीपेन्द्र सिंह ऐरी बिनै नेपालले दोस्रो खेल खेल्न लागेको हो । मंगलबार अभ्यासका क्रममा उनलाई मुखमा चोट लागेको थियो । दीपेन्द्र खेल्न नसक्ने भएपछि उनको स्थानमा अनिल साहलाई नेपाली टोलीमा राखिएको छ । । अनिल र कुशल भुर्तेललाई अतिरिक्त खेलाडीको रुपमा युएई भ्रमणमा लगिएको थियो । तर अनिललाई प्लेयिङमा राखिएको छैन् ।

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com