यस्तो विवाह जहाँ सुनदेखि लसुन दाइजो दिन निषेध

 

१८ मंसिर । नेपाली समाज यस्तो समाज हो जहाँ दाइजोको विषयमा कैयौँ झगडा, हत्या तथा हिंसा हुने गर्दछन् । विशेष गरी तराई क्षेत्रमा दाइजोप्रथा प्रमुख सामाजिक समस्याका रुपमा देखिएको भएपनि दाइजोप्रथा नेपालको जुनसुकै ठाउँमा पनि व्याप्त रहेको छ । यस्तै समाज र परिवेशको बीचमा पनि नेपालको स्याङ्जा जिल्लामा एउटा उदाहरणीय अति प्रशंसनीय रुपमा विवाह सम्पन्न भएको छ । यस्तो विवाह जहाँ दाइजो निशेधित विवाह भएको छ । मालुङ्गा निवासी सोमनाथ वस्यालका कान्छा छोरा ईश्वर वस्याल  र सोही स्थान वस्ने वुबा कृष्ण प्रसाद भट्टराई र आमा पवित्रा भट्टराईकी साईली छोरी अम्बिका भट्टराई विच दाइजो निशेधित आध्यात्मिक विवाह सम्पन्न भएको हो ।

नेपालीमा समाजमा कस्ले धेरै दाइजो दिने भन्ने होडवाजी चलिरहेको वेला उनीहरुको विवाहामा पुग्ने जोकोई पनि आचार्यमा परेका थिए । लसुन देखि सुन र सम्पुर्ण दाईजो निषेधित गरिएकोे विवाह त्योे क्षेत्रका लागि पहिलो र उदारणीय भएको स्थानीयले बताएका छन ।
स्वयम्बरमा समेत कुशको औठी बनाएर वरवधुले लगाएको दुलाहाका वुवा सोमनाथ वस्यालले बताउनुभयो । दुलाकाका दाजु चैतन्य कृष्ण प्रभुले यो विवाह र यस्ता खाले कार्यले समाज रुपान्तरणमा उल्लेखीय भुमिका खेल्ने बताउनुभयो ।

उहाँले यस्ता विवाहबाट समाजले पाठ सिक्नु पर्ने भन्दै दाईजो प्रथाको अन्त्य गर्ने अभियानमा सवैलाइ एक भएर जुट्न आग्रह गर्नुभयो । चैतन्य कृष्णले भन्नुभयो, “कुनै पनि राम्रो र अनुकरणीय कार्यको सुभारम्भ आफुबाटै हुनुपर्छ ।” स्थानीय समाजसेवी सोमनाथ न्यौपानेले भन्नुभयो, “धनसम्पती भन्ने कुरा केही होईन, अर्काले दिएको धन सम्पतीले कसैलाई पनि पुग्दैन ।” दाइजा प्रथाको अन्त्य गरी समाजलाई समुन्त बनाउने कुरालाइ सवैले आत्मसाथ गर्नुपर्छ” न्यौपानेको भनाइ छ । वैवाहिक वन्धनमा वाँधिएका नव जोडि ईश्वर वस्याल र अम्बिका भट्टराईले आफुहरुलाइ यस्तो विवाहले उमङ्ग थपेको बताएका छन ।

THIS IS ADD AREA
x

Check Also

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा,,काठमाडौँ महानगरपालिकाद्धारा विपद व्यवस्थापन ऐन जारी

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा छ । भूकम्पजन्य विपदका दृष्टिले नेपाल विश्वमै ११ औँ स्थानमा छ । १९९० सालपछि २०४५ सालमा नेपालको पूर्वी भाग, ...

Social Media Auto Publish Powered By : XYZScripts.com