दुई नायव सुब्बालाई घुस लिँदा लिँदै अख्तियारले पक्राउ गर्यो

१८ मंसिर । मालपोत कार्यालय, कलंकीका दुई जना कर्मचारी घुस लिँदालिँदै पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयका नायब सुब्बाद्वय शेरबहादुर थापा र नारायणमणि खनाललाई रंगेहात पक्राउ गरेको हो । उनीहरुलाई जग्गा धनी प्रमाण पुर्जा बनाउन सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको आयोगले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

 

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com