गगन थापा लक्षित वम विष्फोट गराउने ३० जनालाई पक्राउ

१८ मंसिर । नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन थापामाथि बम विस्फोट गराएको आरोपमा प्रहरीले ३० जनालाई पक्राउ गरेको छ। राजधानीका बालाजु, महाराजगञ्ज, कंलकीलगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीले जानकारी दिए। एसपी जोशीले भने,‘बम विस्फोटमा संलग्न भएको आशंकामा अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौं।‘ थापा बुढानिलकण्ठको चपलीमा घरदैलो कार्यक्रममा रहेका बेला उनलाई लक्षित गरी बम विस्फोट गराइएको थियो। विस्फोटमा परी थापासहित ११ जना घाइते भएका छन्। घाइते भएका थापा उपचारपछि घर फर्किसकेका छन्।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com