१८ मंसिर । रुकुम जिल्लाको सबैभन्दा दुर्गम नगरपालिकामा आठविसकोटमा पहिलोपटक इन्टरनेट जडान भएको छ । पश्चिम रुकुमको सबैभन्दा दुर्गम नगरपालिका आठविसकोटले पहिलोपटक आफ्नै पहलमा इन्टरनेट जडान गरेको हो । नगरपालिकाको रु एकलाख भन्दाबढीको लगानीमा पहिलोपटक नगरपालिकाको कार्यालय तथा वडा नम्बर ९ र १० को कार्यालयमा इन्टरनेट जडान गरिएको हो ।एभरेष्ट वायरलेस नेटवर्क प्राइभेट लिमिटेड’ जाजरकोटले नगरपालिकाको कार्यालयसहित २ वडाको कार्यालयमा इन्टरनेट जडान गरिदिएको नगरप्रमुख गोरखबहादुर केसीले जानकारी दिए ।
जिल्लाका अन्य स्थानीय तहको तुलनामा विकट मानिएको आठविसकोटमा इन्टरनेट जडान गरिएपछि कामकाजमा सहजता आएको प्रमुख केसीको भनाइ छ । नगरपालिकाले विद्यालय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत नगरपालिकाभित्रका विद्यालयमा सिसी क्यामेरा र डिजिटल हाजिरीको व्यवस्था गर्न लागेकाले त्यसका लागि इन्टरनेट आवश्यक भएको हो

English
MTV NEPAL MTVNEPAL


