अझै हुन सकेन उखुको मुल्यनिर्धारण, वार्ता निष्कर्षविहिन

१७ मंसिर । यस वर्षका लागि उखुको मुल्य निर्धारण गर्नको लागि उखु व्यवसायी  चिनी उत्पादकबीच बसेको बैठक निष्कर्षविहिन भएको उखु उत्पादक किसान महासङ्घका अध्यक्ष कपिलमुनी मैनालीले जानकारी गराए । सरकारले गतवर्ष प्रतिक्विण्टल उखुको मूल्य ५ सय ३१ रुपैयाँ २० पैसा निर्धारण गरेको थियो । तर, यस वर्ष चिनीको मूल्य कम भएको भन्दै चिनी उद्योगीहरूले प्रतिक्विण्टल ५ सय रुपैयाँभन्दा कममा उखु उपलब्ध गराउनुपर्ने माग गरेको मैनालीले बताए । किसानले भने यस वर्ष उखुको मूल्य वृद्धि गरी ५ सय ६२ रुपैयाँ कायम गर्नुपर्ने माग गरेका छन् । यसै सन्दर्भमा किसान र उद्योगीबीच धेरै पटक वार्ता भए पनि निष्कर्षविहीन रहन पुगेको हो ।

केही दिनअगाडि मात्रै कृषि विकास मन्त्रालयले चिनी आयातमा ५० प्रतिशत भन्सार महशुल बढाउन सिफारिश गरेको छ । चिनी आयातमा उक्त ५० प्रतिशत भन्सार कायम गरेपश्चात् मात्रै मूल्यबारे निर्णय तय हुने उद्योगीहरू बताउँछन् । तर, मन्त्रालयले भन्सार महशुलका लागि सिफारिश गरे पनि हालसम्म अर्थ मन्त्रालयबाट उक्त सिफारिश स्वीकृत नहुँदा उखुको मूल्य निर्धारण हुन सकेको छैन । यससँगै मैनालीले आगामी मङ्सिर २७ गते पुनः वार्ता हुने जानकारी दिए ।

THIS IS ADD AREA
x

Check Also

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता ...

Social Media Auto Publish Powered By : XYZScripts.com